
ब्रासिलिया, ब्राजिलमा एकै दिन ९० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।ब्राजिलमा पहिलो पटक यतिधेरै कोरोना संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइएको छ ।
ब्राजिलका स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ३ सय ३ जना संक्रमित भएका छन् । ब्राजिलमा हालसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार बढीको मृत्यु भइसकेको छ ।
त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित साओपाउलोमा देखिएको मन्त्रालयले जनाएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । एजेन्






