
काठमाडौं, वास्तुशास्त्रमा तुलसीको बोट एकदम महत्त्वपूर्ण छ । यो खुशी, समृद्धि र कल्याणकारी जीवनको प्रतीक मानिन्छ । तर यदि यो गलत ठाउँमा लगाइएको छ वा यदि तुलसी युक्त भाँडो उचित ठाउँमा राखिएको छैन भने, यसले अशुभ प्रभाव पार्दछ ।
हिन्दू धर्मशास्त्रमा तुलसीको बोटलाई कृष्णको रूप मानिन्छ । तुलसीले बुधलाई प्रतिनिधित्व गर्दछ । तुलसी हिन्दु धर्मामा आवद्धहरुका घरमा पूजा गरिन्छ । तुलसीको बोटले सबै दोषहरू हटाउँने धार्मिक आस्था छ भने यसले कल्याणकारी जीवन प्रदान गर्दछ । तुलसीको बोटले देवीदेवताहरूको आशिष् पाउन सहयोग गर्दछ । तर यदि तुलसीको बोटलाई सही ठाउँमा राखिएन भने यसले अशुभ परिणाम पनि दिन्छ ।
घरको यी स्थानमा तुलसी राख्दा प्राप्त हुन्छ अशुभ परिणाम
- केही व्यक्तिहरूको घरमा ठाउँको अभावका कारण मानिसहरूले तुलसीको बोटलाई घरको छानामा राख्छन् । वास्तु शास्त्रका अनुसार तुलसीको बोटलाई छतमा राख्नु अशुभ मानिन्छ ।जसको कुंडलीमा बुध तथा धनसँग सम्बन्धित हुन्छ ती व्यक्तिले तुलसीलाई छानामा राखेमा उनीहरूको आर्थिक हानी हुन थाल्दछ ।
- घरको छानामा तुलसीको बोट भएका मानिसहरूको घरमा चरा वा कागले गुँड बनाउँछन् । जुन नराम्रो केतुको संकेत हो ।
- तुलसीको बोट पूर्वी दिशामा पनि राख्नु हुँदैन । यसले व्यवसायलाई नोक्सान पुर्याउँछ भने परिवारमा नकरात्मक असर पार्दछ ।
यी काम गरे हुन्छ लाभदायक
- तुलसीको बोटलाई सँधै उत्तर दिशाबाट उत्तर पूर्व कोणमा राख्न सकिन्छ । यस बाहेक तुलसीलाई पश्चिम दिशामा पनि राख्न सकिन्छ । यसो गर्दा, परिवारमा सकारात्मक उर्जा प्राप्त हुन्छ ।
- तुलसीका पातहरू कहिल्यै पनि चपाएर खानु हुँदैन ।
यसलाई जिब्रोमा राखेर चूस्नुपर्छ । यस बाहेक तुलसी दहीमा मिसाएर खानाले स्वास्थ्य सम्बन्धित धेरै विकारहरू हटाउँछ ।
- दिनहुँ तुलसीको बोटको पूजा गर्नाले घरका सदस्यहरूमाझ भइरहेका नराम्रा भावनाहरूलाई हटाउन मद्दत गर्दछ ।
- तुलसीको बोटलाई भान्साकोठामा राख्दा घरका सदस्यहरूबीच सद्भाव बढ्नुका साथै पारिवारिक प्रेम पनि बढ्छ ।एजेन्सी






