
ताञ्जानिया, पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षीय राष्ट्रपति मागुफुलीको निधन भएको उपराष्ट्रपतिले घोषणा गरेका हुन् ।
राष्ट्रपतिको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने छ ।मुटुको समस्याका कारण उनको अस्पतालमा मृत्यु भएको उपराष्ट्रपति सनिमा सुलुहु हसनले टेलिभिजन सम्बोधनमार्फत जानकारी दिएकी हुन् ।
राष्ट्रपति मागुफुली विगत दुई हप्तादेखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको अड्कल लागाइएको थियो । उता उनलाई कोरोना भाइरसको संक्रमण भएको बताएपनि यसको पुष्टि हुन सकेको छैन ।
कोरोना संक्रमित उनको केन्यामा उपचार भएको एक विपक्षी नेताले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसलाई संदिग्ध मान्ने अफ्रिकी नेता मध्ये मागुफुली एक प्रमुख व्यक्ति मानिन्थे ।एजेन्सी






