
बाह्रबिसे, यहीँ चैत ७ गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षमा होमबहादुर बस्नेतले उम्मेद्वारी दर्ता गरेका छन् ।
आजबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि हाल उपाध्यक्षसमेत रहेका बस्नेतले अध्यक्षमा उम्मेद्वारी गरेका हुन् ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
यस्तै हालसम्म उनीबाहेक अन्यको उम्मेद्वारी परेको छैन । १७ सदस्यका लागि हुने मतदानमा भने २२ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार संघको कार्यसमितिको पदाधिकारीका लागि निर्वाचित सदस्यबाट प्रक्रियागत रुपमा छानिनेछ । उम्मेद्वारी दर्ता आज ५ बजेसम्म चल्ने छ ।







