
काठमाडौं, एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन् । हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ ।
जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।
राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने माघ मसान्तमा ८२ अर्ब २९ करोड रुपैयाँ लगानीमा रहेको छ ।







