
नाइजर, अफ्रिकी देश नाइजरमा हतियारधारीको आक्रमणमा परि ५८ जनाको मृत्यु भएको छ ।
अर्को देश मालीसँगको सीमा क्षेत्रमा मंगलबार भएको आक्रमणमा ५८ भन्दा बढि मारिएका नाइजर सरकारले जनाएको हो ।
तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले लेखेको छ ।
हालसम्म आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । अफ्रिकी मुलुक नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय छन् ।एजेन्सी






