
काठमाडौं, अर्थ मन्त्रालयले आगामी वर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई अनुरोध गरेको छ । आज अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सबै मन्त्रालयहरुसँग गरेको छलफलमा यस्तो आग्रह गरेको हो ।
अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गरेका हुन् ।







