
ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन जाेतखन गर्न गएका किसानहरु र प्रहरीबीच आज अपरान्ह झडप भएको हो । काठमाडौं तराई द्रुतमार्गको जग्गामा रोपाई गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेकका थिए भने ।
किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले रोपाई गरेको बताएका छन् । प्रहरीले असार १५ गतेपनि उनीहरुलाई रोपाईँ गर्न रोकेको थियो ।
तर किसानहरुले भने मुआब्जा नपाएकोले खनजोत गरि बाली लगाउन पाउनुपर्ने माग राख्दै आएका थिए ,आज किसानहरुले संयुक्त रोपाई गरेका थिए साेहि क्रममा राेपाई राेक्न अाग्रह गर्ने क्रममा किसान र प्रहरी बीच झगडा भएको हाे ।







