
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार २७० रुपैयाँमा कारोबार भएको जनाएको छ ।







