
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन रु १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार २६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।







