
नयाँदिल्ली, बलिउड अभिनेता मिथुन चक्रवर्ती आइतबार भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । आज पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी हुनु सभाअघि उनी भाजपामा प्रवेश गरेका हुन ।
कोलकाताको ब्रिगेड मैदानमा भाजपाका नेता कैलाश विजयवर्गीय, शिव प्रकाश, मुकुल राय लगायतका नेताहरुको उपस्थितिमा चक्रवर्ती भाजपा प्रवेश गरेका हुन् ।
उनले पार्टीको सदस्यता लिनुका साथै खादासमेत लगाएका थिए भने उनले मञ्चमा भाजपाको झण्ड समेत फहराएका थिए । केही दिनअघिदेखि उनी भाजपमा प्रवेश गर्ने चर्चा चलेको थियो ।एजेन्सी






