
कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न कुवेत सरकारले आजबाट अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु लगाउने भएको छ ।
कुवेतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो । सो कर्फ्यु साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइने भएको छ ।
यस्तै अप्रिल ८ सम्म सबै पार्कहरु बन्द गरिनेछन् । तर प्रार्थनाको लागि नजिकका मस्जिदसम्म जान भने रोक लगाइएको छैन । कर्फ्यु लागू भएसँगै गैर कुवेतीलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । एजेन्सी






