
प्रधानमन्त्री हटाउन पाउदैन भन्दै शुक्रबार पाेखरामा पनि आन्दोलन चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै प्रधानमन्त्रीका समर्थकहरुले मानअधिकार चोकमा सडकजाम गरेर उनका आन्दोलनमा उत्रिएका छन् ।
वर्तमान अबस्थामा नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न खाेजेकाे र काम गर्न नदिनलाई याे सब भएको आन्दोलनकारीकाे आरोप छ । आन्दोलनका क्रममा प्रचण्डप्रति लक्षित गर्दै भारतीय दलाल मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए । उनीहरुले धरै समय भने ‘आजलाई होइन, भोली पाँच बर्ष ओलीलाई ’ भन्ने नारा लगाएका छन् ।







