
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोबार गरिएको थियो ।
यस्तै तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । आज चाँदी तोलामा रु ३५ रुपैयाँले घटेर एक हजार २५० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।







