
वेलिङ्टन, न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । जिस्बन शहरवाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइ केन्द्रविन्दु भएर तीनपटक भुकम्प गएको हो ।
उक्त भुकम्पपछि उत्तरी टापुहरुको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ भने सो क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन सरकारले आग्रह गरेको छ ।
सरकारको आग्रहसँगै सो क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सरेका छन् । भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको छ । एजेन्सी






