
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको लागेको छ । मंगलबार तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पाँच सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । यसदिन चाँदीको मुल्य एक हजार तीन सय १५ रुपैयाँ मूल्य कायम भएको छ महासंघले जनाएको छ ।







