
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक फार्मेसी अधिकृतलाई बिहिवार विराटनगरबाट पक्राउ गरेको छ ।
औषधि व्यवस्था विभाग विराटनगर शाखामा कार्यरत फार्मेसी अधिकृत सरोज घिमिरेलाई घुस लिएको २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
प्रशासनले सिल गरेको एक फार्मेसी पसल मुद्दा मिलाएर खोलिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको बताइएको छ ।
२ लाख रुपैयाँ घुस लिइसकेपछि थप रकमको समेत बार्गेनिङ गरिरहेको अवस्थामा घिमिरेलाई विराटनगर महानगरपालिका–३ स्थित भट्टराई होटल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।






