
बंगाल, भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पेट्रोल र डिजेलको बढ्दो मूल्यको विरोध गर्दै सडकमा उत्रिएकी छन् । मुख्यमन्त्रीले बनर्जीले घाँटीमा मुद्रास्फीतिविरुद्धकोको पोस्टर झुन्डाएर स्कूटरमा यात्रा गर्दै विरोध गरेकी हुन् ।
भारतका धेरै स्थानहरुमा पेट्रोलको मूल्य १०० भन्दा बढी पुगेको बताइएको छ । भारतमा तेलको मूल्य लगातार दुई हप्तादेखि बढिरहेको छ । बिहीबार उनी स्कूटरमा उनको सचिवालय नबन्ना पुगेकी छन् । उक्त स्कूटर उनको सरकारका मन्त्री फरहद हकीम र कोलकाताका मेयरले चलाएका थिए ।
नबन्ना पुगेपछि मुख्यमन्त्री ममता बनर्जीले केन्द्र सरकारलाई कडा आक्रमण गरेकी थिइन् । उनले भारतीय जनता पार्टी नेतृत्वको केन्द्रीय सरकारलाई निशाना बनाउँदै उनीहरूले दिनहुँ एलपीजी र डिजेलको मूल्य बढाएको र यो चिन्ताको विषय भएको बताएकी छिन् ।






