
चीनले आठ वर्षकै अवधिमा ग्रामीण गरिबी हटाउन सफल भएको छ । बिहीबार चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा थालिएको ग्रामीण क्षेत्रको गरिबी निवारण अभियानले पूर्णता पाएको घोषणा गरेका हुन् ।
सीले गरिबी निवारणको अभियानमा पूर्ण विजयी प्राप्त गरेको बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । यस अवधिमा चीनका १० करोडभन्दा बढी नागरिक गरिबीको रेखा मुनीबाट माथि उठ्न सफल भएका छन् ।
चिनियाँ संचारमाध्यमका अनुसार राष्ट्रपति सी चिनफिङको योजना र दुरदर्शिताका कारण चीनमा ग्रामीण गरिबी हटेको हो । बेइजिङको ग्रेट हलमा बोल्दै सीले भनेका छन्,‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, चीनको समाजवादी प्रणाली देशका जोखिम, चुनौती र कठिनाइहरूको समाधानको मापदण्ड हुन्।’ एजेन्सी






