
जाकार्ता, इन्डोनेसियाको केन्द्रीय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने अन्य करिब ७० जना बेपत्ता भएका छन् ।
भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएको छ ।
पाँच लाश भेट्टिएको र अन्य ७० जना हराइरहेका छन् । तीमध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताए ।
बुधबारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य सुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पामुसुले जानकारी दिएका छन् ।
सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् । एजेन्सी






