
बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले फर्निचरमा उद्योगलाई काठ मिलाइदिने भन्दै घुस रकम लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट रू ५० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ ।
उनीहरुलाई रुपन्देहीको गैडहवा गाउँपालिका-३ बाट नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।






