
नयाँदिल्ली, भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि शुरु हुने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मार्च एकदेखि साठी वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउन लागेको हो ।
सरकारले स्वास्थ्य संस्थमा निःशुल्क खोप उपलब्ध गराएको छ । निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रले लिन पाउने शुल्क केही दिनमा तोकिने बताइएको छ । कोरोना भाइरस विरुद्ध खोप कार्यक्रमका लागि भारतमा सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी केन्द्रहरु तोकिएका छन् ।
निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् । पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । एजेन्सी






