
क्वालालम्पुर, मलेसियामा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकमा उपस्थित भएर प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले कोरोनाविरुद्धको पहिलो खोप आफैँले लगाएर खोपको सुरुवात गरेका हुन ।
मलेसिया सरकारले राष्ट्रिय कोभिड-१९ खोप अभियान फेब्रुअरी २६ तारिखदेखी देशब्यापी सुरुगर्ने भनिए तापनि अभियानको दुई दिन पहिल्यै आज प्रधानमन्त्री आफैँले खोप लगाएर अभियानको सुरुवात गरेको हो ।
प्रधानमन्त्री यासिनसंगै स्वास्थ्य मन्त्रालयका निर्देशक तान श्री डाक्टर नुर हिसाम अब्दुलाह र अन्य थप ४ जना स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरुले पनि आजै खोप लिइएको हो ।
यसअघि मलेसियन सरकारले कोरोना विरुद्धकोखोप अभियानअन्तर्गत पहिलो चरणमा अग्रपंक्ति खटिएर काम गर्ने करिब २ लाख ७१ हजार ८०२ जना लाई पहिलो खोप चरणमा दिइने बताएका थिए ।






