
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
यसदिन छापावाल सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मुल्य आज ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार ८९ हजार ६५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १ हजार ३४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज १ हजार ३४५ रुपैयाँमा कारोबार भैरहेको छ ।







