
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन भएको छ । सांसद छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।
छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकि थिइन् । उनि २०७० सालको संविधानसभामा पनि सभासद थिइन् । दिवंगत सांसद छन्त्यालकाे आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भैरहेकाे श्राेतले बताएको छ ।






