
काठमाडौं, शनिबार २३ वर्षीया नाओमी ओसाकाले जेनिफर बार्डेलाई ६–४, ६–३ को सोझो सेटमा निराश पार्दै अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् ।
विश्व वरीयतामा तेस्रो स्थानमा रहेकी ओसाकाले आफ्नो चौथो ग्रान्ड स्लाम फाइनलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएकी हुन् ।
उनले सन् २०१८ र २०२० मा युएस ओपन र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । यस जितपछि ओसाका वरीयताको दोस्रो स्थानमा उक्लिएकी छिन् ।
ओसकाले सेमिफाइनलमा सेरेना विलियम्सलाई निराश बनाएकी थिइन् । २०२० मा अस्ट्रेलियन ओपनको उपाधि जित्ने ओसाकाको लक्ष्य तेस्रो चरणमा १५ वर्षीया कोको गौफसँग निराश भएपछि पूर्ण हुन सकेको थिएन ।







