
यूएई – नेपाली समाज यूएईले अन्तर्राष्ट्रिय उडान सुचारु गर्न अनुरोध गर्दै नेपाली दुतावास यूएईलाई आइतबार ध्यानाकर्षण पत्र बुझाएको छ । काेराेना भाईरसकाे माहामारीका कारण विदेशमा अलपत्र रहेका नेपालीहरूका लागि चार्टड उडानहरू नभएकोले अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाल सरकारलाई अनुराेध गरेकाे छ । नेपाली समाज यूएईले नेपाली दूतावास आवुधावी मार्फत प्रधानमन्त्री कार्यालय ,वालुवाटारलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।
नेपाली समाज यूएईसँग आबद्व रहेका ४४ वटा संघसंस्थाका प्रमुखहरूकाे हस्ताक्षर उक्त पत्र आइतबार दूतावास मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालय वालुवाटार समक्ष बुझाईएकाे नेपाली समाज यूएईका अध्यक्ष गाेविन्द ढकालले जानकारी गराएका छन् । “विदेशमा धेरै नेपाली अलपत्र छन् चार्टड उडानहरू पर्याप्त छैन्न् अब छिटै व्यवसायीक उडानहरू नै संचालन गर्न दिएर स्वदेश फर्कने वातावरण बनाउन सके नेपालीहरुलाई राहत पुग्नेछ ।
हालसम्म युएईबाट चार्टड उडान मार्फत १८ सय ८९ जना नेपाली नेपाल फर्किएकाे नेपाली दूतावास आवुधावीले उल्लेख गरेकाे छ । यूएईमा हालसम्म ११ वटा उडान भएपनि संख्यात्मक हिसाबले आवश्यकताकाे कैयौं गुण कम भएको र पीडितहरु सडकमै बाँस बस्नुपरेको पनि नेपाली समाज यूएईले जनाएको छ । हाल यूएईमा लगभग ३ लाख ७५ हजार नेपालीहरू रहेकाे भनिएपनि पर्यटन लगायतकाे भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेकाे पनि समाजले जनाएकाे छ ।
ध्यानाकर्षण पत्र











