
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य गिरावट आएको छ । बिहीवार सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो । केही दिनयता सुनको मूल्य क्रमशः घट्दो क्रममा रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले घटेर तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको हो ।







