
काठमाडौं, कोरोनाविरुद्धको खोप खरिदका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयले आज कोरोना भाइरस रोकथामका लागि सरकारद्धारा छुट्याइएको कोषबाट स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको हो ।
यसअघि भ्याक्सिनकै लागि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रु.५० करोड रुपैयाँ उपलब्ध गराएको थियो । पहिलो चरणमा ५० करोड रुपैयाँ उपलब्ध गराएको मन्त्रालयले दोस्रो चरणमा पनि थप ५० करोड नै उपलब्ध गराएको हो ।







