
काठमाडौं नेपालमा काेराेना संक्रमितको संख्या १३ हजार ५६४ पुगेकाे छ । जसमध्ये आज ३१६ जना थपिएका छन् ।महिला ७१ जना र पुरुष २४५ जना गरि ३१६ वना थपिएको हाे ।मृत्यु हुनेकाे जम्मा संख्या २९ रहेकाे छ आज कसैकाे पनि निधन भएकाे छैन् । काेराेना संक्रमित भई उपचार पछि निकाे हुनेकाे संख्या ३ हजार १९४ जना पुगेका छन् जसमध्ये मंगलबार ९ जना महिला र ५१ जना पुरुष डिस्चार्ज भएका हुन् ।
नेपालमा हालसम्म आइसाेलेसनमा हुनेकाे संख्या १० हजार ३४१ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी गराएका छन् । नेपालकाे ७७ वटै जिल्लामा काेराेना भाईरस संक्रमित भेटिएकाे छ । सिन्धुपाल्चोकमा २ जना थपिएको छ १ जना पुरुष र १ जना महिला रहेकाे छ ।







