
सिधि, भारतको मध्यप्रदेशस्थित सिधिमा ५४ जना यात्रु सवार रहेको बस दुर्घटना भएको छ । उक्त दुर्घटना आज बिहान करिब ७:३० साढे बजे बाणसागर नहरमा खसेको हो ।
स्थानीय समयानुसार मंगलबार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ । केही शव नहरमा बगेका छन् भने हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
दुर्घटनामा मृतकको संख्या ४५ जनाभन्दा बढी हुनसक्ने बताइएको छ । ७ जना यात्रुको सकुशल उद्धार गरिएको छ भने बाँकी सबै यात्रीको मृत्यु भएको आशंका गरिएको छ । बस चालकले पौडी खेलेर आफ्नो ज्यान बचाएका छन् । उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय प्रहरीका अनुसार सो बसको क्षमता ३२ भए पनि ५४ जना यात्री राखिएको थियो । सिधा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेर उनले नहरको किनाराबाट बस गुडाउादै थिए । बाटो निकै साँघुरो भएका कारण ड्राइभरले सन्तुलन गुमाइ उक्त दुर्घटना निम्तिएको बताएको छ ।एजेन्सी
प






