
काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मुल्य सामान्य रुपमा बढेको छ । आज सुनको मुल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ९० हजार ७ सय रुपौयाँमा कारोबार भएको सुनको मुल्य आज २०० रुपैयाँले बढेर छापावाला सुनको मुल्य प्रति तोला रु ९० हजार ९ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मुल्य भने प्रति तोला रु १ हजार ३६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।







