
वासिङ्टन, अमेरिकाको विभिन्न राज्यमा परेको हिमपातको कारण कम्तिमा ४ जनाको मृत्यु भएको छ । लाखौं व्यवसाय तथा घरहरु बिद्युत बिच्छेद भएका छन् । अत्यधिक बिद्युतको माग भएकोले बिधयुत आपूर्ति गर्ने संस्थाहरुलाईसमेत आपत परेको हो ।
हिमपातको कारण केन्टकी राज्यको एक अन्तरराज्यमा एक व्यक्तिले चलाएको सवारी साधन नियन्त्रण भन्दाबाहिर जाँदा अर्को सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको छ ।
यसै गरि लुजियानामा ५० बर्षिय मानिस चिप्लेर लड्दा टाउको बरफमा ठोकिदा निधन भएको छ । यसैगरी टेक्ससमा ७८ बर्षिय बृद्ध अगाडी आगनमा खस्दा २ घण्टा सम्म चिसोमा बस्दा उनको निधन भएको छ ।
यसै गरि एक बरफ जमेको पोखरीममा डुब्दा १० बर्षको बालकको निधन भएको छ । उनको साथमा उनकी ६ बर्षिय बैनी पनि पोखरीमा डुबेकी थिइन् भने उनलाई अस्पताल भर्ना गराईएको छ । र उनको अवस्था निकै गम्भीर रहेको छ ।
टेक्ससको अस्टिनमा १८ पाङ्ग्रे सवारी साधन अनियन्त्रित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । एक मानिसले झन्डै ज्यान गुमाएका तर हाम फालेको कारण ज्यान बचाएका छन् । तर उक्त गाडीले प्रहरीको गाडीलाई ठक्कर दिएको प्रहरीले बताएका छन ।एजेन्सी






