
काठमाडौं, नेकपा आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ । राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गत माघ २० गते नेकपाको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । आयोगले सरसर्ती त्यसबारे अध्ययन गरे पनि विवाद निरुपण गर्न कानुनी प्रक्रिया अघि बढाएको छैन ।
यस अवस्थामा सो कारणले गर्दा वैशाख १७ र २७ गते निर्वाचन हुनेमा सबैतिरबाट प्रश्न उठेको छ । यसैबीच आइतबार निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको छलफलमा सो पार्टीका नेता लीलामणि पोखरेलले यस्तो धारणा राखेका थिए ।
त्यो भनेको निर्वाचन प्रयोजनका निम्ति दलहरुको दर्ता र आयोगमा दलहरुको बारेमा विवाद आयो भने त्यसको निरुपण गर्ने हो । त्यसै गरी निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई शासनसत्ता सञ्चालन गर्ने प्रमाणसहित आधिकारिकता दिने हो ।
‘यस्तो अवस्थामा आयोगले दलसम्बन्धी विवादबारे परेको विषयमा मैले निरुपण गर्न सकिनँ, मैले गरिनँ भन्न मिल्दैन।’ –नेता पोखरेलको भनाइ छ ।प्रचण्ड–माधव पक्षले उठाएको सो विषयमा आयोग र त्यसका पदाधिकारी मौन छन् ।
ऐनअनुसार आधिकारिकता दाबी गरेपछि नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश भएको औपचारिक रुपमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायत आयुक्तहरुले बताउँदै आएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।







