
सिरहा – सिरहाको करजन्हा नगरपालिका वडा न. १० परियागपुरमा ३४० मिटरको कालोपत्र सडक निर्माणको कार्य आइतबार देखि शुरु भएको छ। सिरहा निर्वाचन क्षेत्र न-४ “क”बाट निर्वाचित भएका प्रदेश सभाका सांसद दिलिप साहका संसदीय विकाश कोषबाट उक्त कालोपत्र सडकको निर्माण कार्य शुरु भएको हो। करजन्हा नगरपालिका – १० परियागपुरमा करीब २५लाख को लागत मा कालोपत्र सडक निर्माण हुन लागेको सडक निर्माण समिति का अध्यक्ष स्थानीय मदन साह ले बताएका छ्न।
पुर्व पश्चिम राजमार्ग अन्तरगत करजन्हा नगरपालिका -१० दक्षिण तर्फ स्कुल देखि परियागपुर टोल सम्म उक्त निर्माण हुन लागेको सडक १६.१/२फिट लम्बाइ ,१.१/२ मोटाइ बेस , माटो र ग्राभेल समेत ३४० मिटर कालोपत्र रहेको र सडक निर्माण को कार्य ५०% सम्म भइसकेको अध्यक्ष साहले बताएका छ्न। उनले यस अघि सडकमा बर्षा यामको बेला खाल्डो तथा पानी जम्ने हुदा घर बाहिर निस्कन समेत स्थानीय लाइ मुस्किल पर्ने गरेको बताएका छन







