
टेक्सास, अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब एक सय गाडी एक आपसमा ठोक्किएर भएको उक्त दुर्घटनामा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
सो दुर्घटनमा परी कयौं घाइते भएका छन । दर्जनौं मानिस सवारीभित्रै थुनिएको अवस्थामा उद्धार गरिएको बताइएको छ । दुर्घटनामा कम्तिमा ३६ जना गम्भीर घाइतेको अस्पताल उपचार जारी छ ।
६५ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । हिँउ परेर बाटो चिप्लो भएको सडकमा गाडीहरु ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पर्नेमा अठार चक्के गाडी कार धेरै रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।एजेन्सी






