
बैतडी, बैतडीमा आफ्नै छोरीलाई गोली हानेर फरार रहेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।
पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।
आज दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ भने हाल महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन ।






