
दोहा, विश्वभर माहामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणलाई नियन्त्रण गर्नको लागि कतार सरकारले चालिएको ३२ बुँदे सूचना पालना नगर्नेलाई २ लाख रियाल जरिवाना र तीन बर्षसम्म कैद गर्ने जनाएको छ ।
कतारको दोहास्थित नेपाली दुतावासले एक सुचना सार्वजनिक गर्दै कतारी नियमलाई कडाईका साथ पालना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।कतारमा पुन: कोरोना संक्रमण फैलिन थालेपछि कडाई गर्नको लागि ३२ बुँदे स”चना जारी गरिएको हो ।
कोरोना संक्रमण बढेपछि सरकारले सरकारी तथा निजी क्षेत्रमा ८० प्रतिशत मात्रै श्रमिकले काम गर्न पाउने, मेट्रो तथा सार्वजनिक बसमा ३० प्रतिशत मात्रै यात्रा गर्न पाइने नियमलाई कार्यान्वयनमा ल्याएको छ ।
यस्तै दूतावासले क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा इतराज एम्लीकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला नहुन, सार्वजनिक स्थल वा समुद्री किनारामा १५ जना भन्दा बढी भेला नहुन, सवारी साधानमा चालकसहित ४ जनाभन्दा बढी यात्रा नगर्न लगायत नियमलाई पालना गर्न आग्रह गरेको छ ।






