
काठमाडौं, बिहिबार नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । आज सुनको मुल्य प्रतितोला ९०० रुपैंयाले घटेको हो ।
बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ९० हजार ६०० रुपैंया रहेको छ ।
आज चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार भएको महासंघले जनाएको हो । हिजो चाँदीको मुल्य १३ सय २० रुपैंया कारोबार भएको थियो ।







