
रुस, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी विपक्षी नेता एलेक्सी नभाल्नीलाई साढे ३ वर्षको जेल सजाय तोकिएको छ ।
पाँच महिनापछि जर्मनीबाट स्वदेश फर्कनासाथ गिरफ्तार गरिएका उनलाई रुसको राजधानी मस्कोमा एक न्यायाधीशले जेल पठाउने निर्णय सुनाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यसलाई नभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको आरोप लगाएका छन् ।
उनलाई ३ हप्ताअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो । उनीविरुद्ध यसअघि फौजदारी अभियोगमा पक्राउ पर्दा उनले प्यारोलका सर्त उल्लंघन गरेको अभियोग लागेको थियो ।एजेन्सी






