
काठमाडौं, म्यानमारको सेनाले सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुकी र अन्य शिर्ष नेताहरूलाई नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो ।
म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो । म्यानमारमा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनाव बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो ।
म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उनलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो ।एजेन्सी






