
नेपाली सेनालाई नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहभागी गराउने रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने र त्यसका लागि कार्ययोजना बनाइने रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाली सेनाले यस विषयमा हालसम्म पत्राचार नभएको जनाउँदै सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई आफूले सहयोग गर्दै आएको जनाएको छ।
अवकाशप्राप्त एक सैन्य अधिकारीले सीमा सुरक्षाका लागि सहयोगी भूमिका नेपाली सेनाले निर्वाह गर्न सक्ने भए पनि प्राथमिक दायित्व अर्धसैनिक संरचनालाई दिइनुपर्ने बीबीसीलाई बताएका छन्। नेपालको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपाली सीमारेखाभित्र राखेपछि नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ।
यही समयमा सीमामा सेनालाई खटाउने विषय सार्वजनिक भएको हो। अन्तर्राष्ट्रिय सीमानाको सुरक्षामा सहभागी गराउने रणनीति दुई साताअघि राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्तर्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटिएको थियो। बीबीसी बाट






