
नयाँदिल्ली, कृषि सम्बन्धी ल्याएको नयाँ कानुनको विरोधमा भारतको राजधानी नयाँदिल्लीमा भोक हड्ताल गरिरहेका किसानहरुले अड्डा जमाएको तीन स्थानमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
किसानहरुको उक्त आन्दोलन हिंसात्मक बन्दै गएको बताउँदै सार्वजनिक सुरक्षाका लागि सरकारले आज रातिसम्म इन्टरनेट सेवा कटौती गर्ने जनाएको हो ।
एक महिनाभन्दा लामो समयदेखि राजधानी दिल्लीमा बनाएर दशौं हजार किसान लगातार प्रदर्शन गरिरहेका छन् ।
गतिरोध अन्त्य गर्न सरकार र किसान युनियनका बीच भएको वार्ता असफल भएपछि आन्दोलन जारी छ ।
गत मंगलबार किसानहरुको ट्रयाक्टर र्याली हिंसात्मक द्वन्दमा परिणत भएपछि आन्दोलनरत एक जना किसानको मृत्यु हुनुका साथै कयौं प्रहरी अधिकृतहरु घाइते भएका थिए । एजेन्सी






