
देख्नलाई सामान्य जस्ताे लाग्ने फट्ङ्ग्रा जातािकाे सलह किरा नेपाल भित्रिएकाे दावि छ । याे किराले मानिसले खाने बालि सखाप पार्दछ । मानिसले राेपेकाे बालिनाली मा गई पात, बिरुवा ,फल अादि सखाप पारेर खाईदिने गर्छ । भारत हुँदै नेपालमा शनिबार प्रवेश गरेको बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवकाे भनाइ सञ्चार माध्यममा उल्लेख छ । फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । सलह किरा निकै खन्चुवा प्रवृत्तिको हुन्छ ।
कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बुझिएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटर सम्माको दूरी पार गर्ने गर्न सक्ने विज्ञहरुकाे भनाइ छ । नेपालमा भित्रिएयाे भनिएकाे कीरा ठूलो झुण्डमा भने देखिएको छैन तर यसबारे थप विवरण लिने काम भइरहेकाे छ ।
सलह नेपालमा प्रवेश गरेसँगै किसान चिन्तित बनेकाे छ । यसअघि कृषि मन्त्रालयको एक निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको खबर छ ।







