
जनकपुर – नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषा द्वारा समाजिक विकास मन्त्री नवलकिशोर साह को पुत्ला दहन गरिएको छ।नेबिसंघ तथा तरुणदलका युवाहरुले राजु सदा लाई न्याय र राहत दिनुपर्ने माग गर्दै समाजिक विकास मन्त्री नवल किशोर साहकाे राजीनामा समेत मागेकाे छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उचित उपचार नपाउदा मृत्यु वरण गरेको धनुषाको हंपुर नगरपालीका ७ प्रसाहीका १६ बर्षिय राजु सदाको लागि न्याय माग्दै उनीहरुले समयमै उपचार पाउन सकेकाे भए राजु बाच्ने थियो तर सम्बन्धित निकायले व्यवस्था गरेकाे भन्दै अब राजु सदाले न्याय पाउनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् ।
साेहि क्रममा बिहिबार विराेधमा उत्रिएका युवाहरुले मन्त्रीको पूत्ला समेत जलाएका छन् । मन्त्री साहको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन राजु सदाको क्वारेन्टाइनमा आरडिटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको थियो।पछि झाडापखाला समेत लागेपछि कोरोना भन्दै राजुलाई चिकित्सकहरु उपचारमा उदासिन रहेकाे कारण राजुकाे ज्यान गुमेकाे थियाे पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएपछि समयमा रिपोर्ट नअाइ असार ८ गते पीसीआर रिपोर्ट आउँदा राजुलाई कोरोना नरहेको पुष्टि भएपछि सिकिस्त अवस्थामा पुगिसकेको उनलाई अस्पतालको इमर जेन्सी कक्षमा भर्ना गरिएको थियो ।

अन्नत राजुकाे छट्पटीमै मृत्यु भयाे नेपाल तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह को नेतृत्व मा जनकपुरधाम शिव चाेकमा गरिएको विराेध कार्यक्रम मा समाजिक विकास मन्त्री नवल किशोर साह को पुतला दहन गरिएको हाे । त्यसअघि उनिहरुले अस्पतालमा उपचार नपाएर मृत्यु भएका हँसपुर नगरपालिका वडा नं. ७ का राजु सदा लाई श्रद्धाञ्जली सहित १ मिनेट को मौन धारण समेत गरिएको थियो ।
उक्त कार्यक्रम मा नेपाल तरुण दल का अखिल मढी,राहुल मिश्रा,रमेशकुमार यादव,अजय गुप्ता, महेस साह,डा राजु साह, डा बिजय साह,सुमन्त कर्ण, राजेश साह, बलराम गुप्ता,बलराम साह,बिजय महता,भरत साह,विजय यादव,अमन सिंह, नेविसंघ का आशुतोष नवीन झा, सुजित यादव,सुमन ठाकुर,मनिष यादव लगाएत दर्जनौं तरुण दल तथा नेविसंघ का युवा हरुको सहभागीता रहेको थियो।







