
नयाँदिल्ली, आज भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदैछ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने चोक-चोकमा प्रहरी खटाइएको छ ।
आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ । यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका प्रहरीले बताएका छन् । दिल्लीमा प्रदर्शन गरिरहेका किसानको समर्थनमा मुम्बईका किसान पनि भेला गएका छन् ।
विवादित कानुनको विषयमा सरकार र किसानबीच ११ पटक छलफल भए पनि निष्कर्ष निस्केको छैन । किसानले यो कानुन संशोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडान राख्दै आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा बजार सहजीकरणसम्बन्धी कानुन खारेज गर्न माग गर्दै लामो समयदेखि किसान आन्दोलनमा छन् ।एजेन्सी






