
काठमाडौं, स्पेनिस लिग फुटबलमा गएराति भएको खेलमा एथ्लेटिडको मड्रिडले भ्यालेन्सीयालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
एथ्लेटिकोका लागि हुँवा फेलिक्स, लुइस स्वारेज र एन्जल कोरियाले एक/एक गोल गरेका हुन् । भ्यालेन्सियाका उरोस रासिचले एक गोल फर्काए ।
जितसँगै शिर्षस्थानको एथ्लेटिकोले सात अंकको अग्रता लिएको छ । उसले १८ खेलबाट ४७ अंक जोडेको छ । २० खेलवाट २० नै अंक सहित भ्यालेन्सिया १४ औं स्थानमा रहेको छ ।
राति नै भएको अर्कोए खेलमा बार्सिलोनाले इल्चेलाई २-० ले हराएको छ । बार्सिलोनालाई विजयी गराउन फ्रेन्क डि जोङ र रिकार्ड पुगइले एक एक गोल गरे ।एजेन्सी







