
सेनेगलका राष्ट्रपति म्याकी सल इसाेलेसनमा बसेका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि राष्ट्रपति सल आइसोलेशनमा बस्नु पर्ने भएको हाे । बीबीसीका अनुसार सेनेगलको राष्ट्रपतिको कार्यालयले एक वक्तव्य जारी गरी राष्ट्रपति सलको परीक्षण प्रतिवेदन निगेटिभ आएपनि सतर्कताका लागि आइसोलेसनमा बसेका हुन् ।
सेनेगलकी एक जना सांसद येया डिआलोले बुधबार आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको बताएकाे थियो । सेनेगलमा हालसम्म ६ हजार १२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ, ९३ जनाको मृत्यु भएको छ भने ४ हजार ७२ जना निकाे भैसकेको छ ।







