
पोखरा – पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएको व्यक्तिको शव गाडन खाेज्दा टायर नै बालेर स्थानीयले अवारोध गरेका छन् । उक्त अवराेधमा भएको झडपमा प्रहरीले छ राउण्ड हवाइ फायर गरेको छ । सो घटनामा दुइवटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा दुई प्रहरी घाइते भएका छने भने आठ जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए । पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।
मृत्यू भएको व्यक्तिको शव वडा लेखनाथको गगनगौंडा क्षेत्र लामतरा स्थित सेती नदि किनारमा गाड्नका लागि जेसिभि लगेर खाल्डो खन्दै गरेको स्थानीयले थाहा पाएपछि घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन । स्थानीयस्तरमा कोरोनाको त्रास वढेको भन्दै कुनै पनि हालतमा आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान स्थानियको छ । अन्य क्षेत्रका संक्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।







