
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । आइतबार ३ सय रुपैयाँले सुनको मुल्यमा गिरावट आएको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तेजबी सुनको मुल्य शुक्रबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







